जामुन (वैज्ञानिक नाम : Syzygium cumini) एक सदाबहार वृक्ष हो जसको फलहरू बैंगनी रंगका हुन्छन् ( लगभग एक देखि दुई से.मी. व्यास को)। यो वृक्ष नेपाल लगायत भारत एवं दक्षिण एसियाको अन्य देशहरू एवं इन्डोनेसिया आदिमा पाइन्छ।

Jambul(জাম)
Jambul (Syzygium cumini)
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
S. cumini
वैज्ञानिक नाम
Syzygium cumini
(L.) Skeels.
पर्याय[स्रोत नखुलेको]
  • Eugenia cumini (L.) Druce
  • Eugenia jambolana Lam.
  • Syzygium jambolanum DC.
पाकेको जामुन
जामुन बीज
जामुनको रुख
पाकेको जामुन

यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदिको नामबाट चिनिन्छ। प्रकृतिमा यो अम्लीय र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई नुनको साथ खाईन्छ।

जामुनको फल ७० प्रतिशत खाने योग्य हुन्छ। यसमाग्लूकोजफ्रक्टोज दुई मुख्य तत्वहरू हुन्छन्। फलमा खनिजको संख्या अधिक हुन्छ। अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ। एक मध्यम आकारको जामुन ३-४ कैलोरी दिन्छ। यस फलको बीजमा काबरेहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिकता हुन्छ। यो फलाम तत्वको ठूलो श्रोत हो। प्रति १०० ग्राममा एक देखि दुई मि.ग्रा. आइरन हुन्छ। यसमा विटामिन बी, कैरोटिन, मैग्नीशियम र फाइबर हुन्छ।

  NODES